बुद्धीमान पुन ।
सल्यान, ४ साउन (रेडियो राप्ती) । सल्यानमा चिस्यान केन्द्र निर्माणका लागी आएको वजेट फ्रिज भएको छ । आर्थिक बर्ष २०७६÷०७७ मा भूमी, ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशले जिल्लामा चिस्यान केन्द्र निर्माणका लागी पठाएको वजेट कार्यान्वयन हुन नसकेर फ्रिज भएको हो । जसका लागी ५० लाख विनियोजन भएको थियो ।
डिपिआर बिना नै वजेट विनियोजन भएकाले कार्यान्वयमा समस्या भएको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।
कार्यालय प्रमुख महेश आचार्यले थोरै वजेट र डिपिआर लगाएतका कार्य बिना नै वजेट विनियोजन भएकाले कार्यान्वयन गर्न नसकिएको बताउनुभएको छ । जिल्लामा चिस्यान केन्द्र निर्माणका लागी न्यूनतम् २ करोड बढी खर्च हुने अनुमान छ ।
बिगत देखी नै जिल्लामा चिस्यान केन्द्र स्थापनाका लागी पहल गर्दै आएपनि सफल नभएको उद्योग बाणिज्य संघ सल्यानले जनाएको छ । चिस्यान केन्द्रको अभावले किसानले उत्पादन गरेको बस्तुले वजार मूल्य राम्रो पाउन नसकेको अध्यक्ष बीर बहादुर चलाउनेले बताउनुभएको छ ।