लकडाउनपछि कर्णालीमा ४ सय बढी उजिरी दर्ता, सबैभन्दा धेरै आत्महत्याका घटना

कृति सुबेदी ।
सुर्खेत, ४ साउन (जागरण) । लकडाउनपछि कर्णाली प्रदेशमा विभिन्न प्रकृतिका ४ सय २८ घटनाहरुका उजिरी दर्ता भएको प्रदेश प्रहरी कार्यालले जनाएको छ ।
गत चैत्र ११ देखी हाल सम्म कर्णाली प्रदेश जम्मा ४ सय २८ वटा विभिन्न घटनाहरुका उजुरी दर्ता भएको प्रदेश प्रहरी कार्यलयले तथ्याङ्कमा उल्लेख छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार झुन्डिएर मृत्यु भएका ९७ वटा, बिष सेवन गरेका २६ वटा, कर्तव्य ज्यान मुद्धा ९ वटा रहेका छन् ।
त्यसैगरी, ज्यान मार्ने उद्योगमा १५ वटा, विष खुवाएर एउटा, भवितब्यमा ५९ वटा, फुटकर ज्यानमा १३ वटा उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।
यस्तै, आत्महत्या दुरुत्साहनमा २, वटा हाम फालेर एउटा, हातहतियार प्रयोग बाट एउटा, डाँकाचोरीका घटनामा ३ वटा, वालयौन दुराचार ४, जवरजस्ति करणीमा ४१, बाल बिबाहका १७, बोक्सीको आरोपमा एउटा र अन्यमा ४ गरी रहेको तथ्याङ्कमा जनाइएको छ ।
दर्ता भएका उजुरीहरुमध्य सबैभन्दा धेरै आत्महत्या, बलात्कार र महिला हिंसाका घटना धेरै रहेको प्रदेश प्रहरी प्रमुख डिआइजी बसन्त कुमार पन्तले कर्णाली रैबारलाई बताउनुभयो ।