जाजरकोटमा करिब ३८ प्रतिशत मात्र रकम खर्च

कालि बहादुर नेपाली ।
जाजरकोट, ५ साउन (जागरण) । आर्थिक बर्ष २०७६÷७७ मा जाजरकोटको संघिय सरकारबाट प्राप्त पुँजीगत रकम ३७ प्रतिशत मात्र खर्च भएको छ ।
बजेट निकासा समयमै नहुँनु, लामो समय देखिको लकडाउन, कामको सम्झौता गरेपनि समयमा काम नुहँदा बजेट खर्च हुन नसकेको हो ।
संघिय सरकारको पुजीगत तर्फको ८६ करोड १२ लाख ६५ हजार मध्ये ३२ करोड २८ लाख ३४ हजार अर्थात ३७ दशमलब ४८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय जाजरकोटले जनाएको छ ।
त्यस्तै प्रदेश सरकारको पुजीँगत अनुदान तर्फ एक अर्ब ४८ करोड ५७ लाख ४७ हजार ७ सय १६ रुपैया मध्ये ८८ करोड ७३ लाख ५६ हजार ९ सय रुपैया अर्थात ५९ दशमलब ७२ प्रतिशत खर्च भएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय जाजरकोटले गत आर्थिक वर्षको संक्षिप्त प्रारम्भिक आर्थिक वार्षिक प्रतिवेदन सार्वजनिक गरेपछि बजेट खर्च कम भएको पाइएको छ ।