अहिले केमा व्यस्त हुनुहुन्छ ?
अहिले विशेष गरि गित संगितमा नै व्यस्त छु । गितसंगित सँगसँगै म आफ्ना अन्य कामहरु पनि गरिरहेको छु । विशेष गरेर मैले अहिले लोकदोहोरी गितहरु गाउँने गरेको छु ।
सांगितिक क्षेत्रमा तपाईंको यात्रा कसरी तय भयो ?
मेरो सांगितिक यात्रा त लामो छ । म सानो उमेरमा छदै गित संगितलाई धेरै मायाँ गर्थे । र यो मेरो रुचीको क्षेत्र पनि हो ।
गाउका मेलापात, बिबाह, पुजामा दोहोरी गाउथे । तर के गर्नु विडम्वना बन्नुपर्छ, नेपालमा बसेर केहि गर्छु भन्दापनि परिस्थिति त्यस्तै बन्यो । र परिवारको समस्याका कारण म विदेश आउनु प¥यो । तर विदेशबाटै भएपनि मैले गित संगित क्षेत्रलाई मायाँ मार्न सकिन । विदेशबाटै भएपनी नेपाली मौलिकतामा रहेका गित संगितलाई जोगाउनुपर्छ भन्ने लाग्यो । अनि मेरा केहि साथीहरुको सहकार्यमा मैले विदेशबाट गितहरु गाउन सके । र अहिले मेरा गितहरु नेपाली बजारमा आइसकेका छन् । धेरै साथीहरुको हौसला छ । म विदेशमै भएपनि नेपाली संस्कृती जोगाउन हरसम्म लागिरहने छु ।
तपाईँलाई लोकगितप्रतिको मोह कसरी जाग्यो ?
लोकगितप्रती मोह सानैदेखि म आफैमा थियो । नेपालमै हुदापनि मैले अघि भनिसके हरेक पर्व, बिबाह, पुजामा मैले दोहोरी गाउने गर्थे ।
अनि विदेश आएर पनि मेरो लोकगितप्रतिको मायाँ कहिले हराएन । यता आएर फुर्सदको बेला साथीहरुसँग अनलाइनमा गु्रप बनाएर दोहोरी गाउँने गरे । प्रत्येक दिन हामी नेपाली यसरी नै दिन कटाउथ्यौ । तत्पश्चात स्वरमा पनि परिवर्तन हुदै गयो । म पनि केहि गर्न सक्छु यो क्षेत्रमा भन्ने आँट आयो । अनि मैले पहिलो एल्बम निकालेर बजारमा ल्याएँ । र अझै यो क्षेत्रमा केहि गर्छु भन्ने सोच बनाएर लागिरेहेको छु ।
अहिलेसम्म कतीवटा गित गाउनुभयो ?
अहिलेसम्म मैले दुइवटा गितमा आवाज दिएको छु । मैले पहिलो गितमा आवाज दिएको किन धोका दियौ भन्ने हो ।
हाम्रै साथीहरु मिलेर यो गित निकालेका हौ । टोपेन्द्र खड्काको शब्द संयोजनमा र हेमन्त खड्काको लयमा रहेको थियो । यो गितमा साथीहरुले धेरै मायाँ दिनुभयो । अभार पनि प्रकट गर्छु । अर्को मैले आफै सृजना गरेको गितमा पनि आवाज दिएकु छु । दैलेख सुर्खेत दोहोरी साँझैमा भन्ने बोलको गित हो । यसमा धेरै मेहनत लागेको छ । यो गित बजारमा ल्याउन दैलेख सुर्खेत अनलाइन दोहोरी साझका सबै मित्रहात हरुबाट सहयोग पाएको छु । उहाहरुलाई विशेष धन्यवाद पनि दिन्छु र अब आउँदै गरेका गितहरुलाई सबैले मायाँ गरिदिनुहुनेछ भन्ने विश्वास पनि लिएको छु ।
अरु दुइवाटा गित पनि छिट्टै बजारमा आउदैछ । बग्यो बग्यो आँसु र तिम्रै यादले छाती पोल्दा त ? भन्ने बोलको दुइवटा गित पनि अबको एक महिनामा बजारमा आउदैछन् ।
पछिल्लो समय नेपाली लोकदोहोरी गितहरुमा विकृती बढ्दै गएको छ ? यसमा तपाईं के भन्नुहुन्छ ?
हो । तपाईंले भनेजस्तो नेपाली लोकगितहरुमा विकृती बढदै गएको छ । त्यसमा दुइमत छैन । तर यसको लागि गित संगितको क्षेत्रमा काम गर्ने विभिन्न संगठनहरु बनाइएका छन् । ति संगठनहरुले नियमन गर्नुपर्छ । कस्तो गित बजारमा ल्याउन मिल्ने ? कस्ता गितले समाजमा नराम्रो सन्देश दिन्छ ? यस्ता यावत कुराहरुलाई ध्यान दिनको लागि नियम बनाउनुपर्ने देख्छु ।
अहिले साच्चिकै भन्ने हो भने नाम लोकदोहोरीका छन् तर सबै परिवार एक ठाउँमा बसेर ति भिडियोहरु हेर्न सकिने अवस्था छैन् ।
मतलव के भन्न खोजेको ?
मैले भन्न खोजेको कुरा के भने छाडा प्रवित्तीका गितका भिडियोहरु बजारमा छन् । जसले हाम्रो नेपाली संस्कृतीलाई ठाडो रुपले विगारेका छन् । यसलाई नियन्त्रण गर्न तपाई हामी सबैको हात रहन्छ । त्यस्ता गितहरुले गर्दा हामी जुन नेपाली संस्कृती जोगाउनुपर्छ भन्ने पक्षमा छौ त्यस्ता पक्षधरहरुको समेत अपमान गरेको पाईन्छ । यसमा यती नै भनौ ।
एउटा सामान्य परिवारमा जन्मिएको मानिस कलाकारितामा लाग्नुभाछ हैन त । यो क्षेत्रको अनुभव कस्तो लाग्यो ?
सैगित क्षेत्रमा रमाइलो छ सबै ठाउमा परिचित होइन्छ । यसमा कुनै प्रतिस्प्रधा भए जस्तो मलाइ लाग्दैन राम्रो प्रतिभा भए अगाडि बड्न पनि सकिन्छ । नत्र हुदैन भनेको त्यो त सुन्ने मानिसहरुको भरमा हुन्छ । तर म सामान्य परिवारमा जन्मीएको भएपनि मेरो यात्रा निरन्तर रहने छ । म गित संगित क्षेत्रको माध्यायमबाट समाज रुपान्तरण गर्न लाग्नेछु ।
अन्त्यमा के भन्नुहुन्छ ?
अन्त्यमा मलाइ चिन्ने नचिन्ने सम्पुर्ण साथीहरुलाई नेपाली गित संगितलाई मायाँ गर्नुहोस । हाम्रो संस्कृती रहे हाम्रो शिर विश्वमा उच्च रहन्छ ।