कर्णाली प्रिमियर लिगः सेमिफाईनल खेल आज

सुर्खेत, ११ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपीएल) टि–ट्वेण्टी क्रिकेट प्रतियोगितामा आज सेमिफाईनल खेलहरु हुँदैछन् ।
आयोजकका अनुसार पहिलो खेलमा अहिले समुह ‘ए’ को विजेता रुपन्देही–११ र समूह ‘बी’ को उपविजेता मध्यपश्चिम क्रिकेट क्लबबिच प्रतिस्पर्धा हुनेछ । गए राति पानी परेका कारण बिहान ८ बजेदेखि शुरु हुने भनिएको खेल अहिलेसम्म शुरु हुन सकेको छैन ।
वीरेन्द्रनगरस्थित रंगशालामा सञ्चालन भइरहेको केपीएलको अर्को सेमिफाइनलमा समूह ‘बी’को विजेता धनगढी क्रिकेट क्ल्ब र समूह ‘ए’को उपविजेता त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
दुवै खेलका विजेता फाइनल प्रवेश गर्ने छन् । बन्धुविकास बहुउद्देश्यी सहकारी संस्थाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले तीन लाख नगद र उपविजेताले एक लाख ५० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।