हुम्लामा मदन आश्रीत सडक निर्माण शुरु

कालि बहादुर थापा ।
हुम्ला, ६ साउन (रेडियो श्रीनगर) । हुम्लाकोे अदानचुली गाउँपालिकाले मदन आश्रीत लोक मार्गको कामको थालनी गरिएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका स्तरिय गौरवको आयोजनाका रुपमा वडा नम्बर १ को ड्वाग्या दहदेखि वडा नम्बर ६ को लिस्याँ सम्मको सडकको कामको आज सिलन्यास गरिएको हो ।
सडक सिलन्यास गर्दै गाउँपालिका अध्यक्ष दल फडेराले भर्खरै राष्ट्रिय सडक सञ्जालमा गाउँपालिका जोडिएको र सबै वडालाई सडक सञ्जालमा जोडिने बताउनुभयो ।
सडकको काम शुरुवात गरिएको भन्दै उहाले सबै वस्तीमा सडक विस्तार गरेर नागरिकका जनजीवनलाई सहज बनाउन गाउँपालिका लागिपरेको बताउनुभएको छ ।