मान बहादुर कुँवर ।
जुम्ला, ६ साउन (रेडियो खुल्ला आकाश) । नेपाल कम्यूनिष्ट पार्टी नेकपा जुम्लाको विवाद सतहमा आएको छ । जिल्लाका आठै स्थानीय तहमा पार्टी संगठन बिस्तारको क्रममा भएको असन्तुष्टताले ठूलो रुप लिएको छ ।
नेकपा जुम्लाका नेता कार्यकर्ताहरु दुई भागमा बिभाजन भएपछि विवाद चुलिदै गएको छ । अहिले समानान्तर कमिटि समेत गठन हुन थालेका छन् ।
जिल्लाको तातोपानी गाउँपालिकामा दुईवटा कमिटि गठन भएका हुन् । कर्णाली प्रदेश कमिटिका सदस्य सहितको उपस्थितिमा ३ साउन ०७७ मा समानान्तर कमिटि समेत गठन भएपछि पार्टी कमजोर पार्ने चलखेल भएको नेकपा जुम्लाका अध्यक्ष बिर बहादुर कुँवरले बताउनुभएको छ । नेकपा जुम्लाले गरेको पत्रकार सम्मेलनमा जिल्ला कमिटी अध्यक्ष बिरबहादुर कुँवरले पार्टी विपरित कुनै पनि गतिविधि भएमा कारवाही गरिने बताउनुभएको छ ।