कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

सुर्खेत, ७ साउन (जागरण) । पछिल्लो २४ घण्टामा थप १४ जना डिस्चार्ज भएपछि कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या एक हजार ५ सय ३३ पुगेको छ ।
आज थप डिस्चार्ज हुनेहरुमा प्रदेश अस्पताल सुर्खेतबाट १४ जना रहेका सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा शाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
यसैबीच, थप १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै कर्णाली प्रदेशमा संक्रमितकोे संख्या एक हजार ७ सय ६१ पुगेको छ ।
प्रदेश अस्पतालअन्तर्गत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा २, दैलेख अस्पताल दैलेखमा ९ जना र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुम पश्चिममा १ जना गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जसमा आज पुष्टी भएका नयाँ संक्रमितमध्ये दैलेखका १० जना, सल्यान २ जनामा संक्रमण पुष्टि भएको डाक्टर तिवारीले जानकारी दिनुभयो ।
अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय विरामिको संख्या २ सय २२ रहेको मन्त्रालयले जनाएको छ ।