बुद्धी पुन ।
सल्यान, ७ साउन (रेडियो राप्ती) । एथ्लेटिक्सका सहायक प्रशिक्षक सल्यानका रबिन कुमार राईको उपचारका लागी सल्यानमा सहयोग रकम संकलन गरिएको छ ।
क्रियाशिल यूवाहरुको समुह यूथ अफ सल्यानको सक्रियतामा आर्थिक संकलन गरिएको हो । शारदा नगरपालिका २ खलंगामा घर भएका राई ‘ब्रेन ट्युमर’ सँगै क्यान्सर रोगसँंग लडिरहनु भएको छ ।
बैशाखको अन्तिममा टाउकोमा समस्या भएपछि राईलाई सल्यानबाट नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो । चिकित्सकले ब्रेन ट्युमरको बताएपछि राईको काठमाडौंस्थित अन्नपूर्ण न्युरो हस्पिटलमा शल्यक्रिया गरिएको थियो ।
जिल्लामा क्रियाशिल यूवाहरुको सक्रियतामा ५७ हजार बढी रकम संकलन भएको यूवा सबिन केसीले जानकारी दिनुभएको समाचार छ ।