कर्णालीमा भित्रिएको सलह किराले प्रदेशका दुई जिल्लामा ग¥यो धेरै क्षती

पंख बहादुर शाही ।
सुर्खेत, १० (साउन) । कर्णाली प्रदेशका भित्रिएको सलहको तीन ओटा झुण्डले प्रदेशका दुइ जिल्लामा मात्र ३ सय ७० हेक्टर क्षेत्रफल जमिनमा लगाइएको बाली नोक्सानी गरेको छ ।
सलहको झुण्डले सुर्खेत र दैलेखमा ४ ओटा स्थानीयतमा ४० प्रतिशत भन्दा धेरै कोदो र मकै बालीमा क्षती गरेको हो ।
केही हप्ता अघि मात्र सुर्खेतको छिन्चु हुँदै ठुलो मात्रामा भित्रिएको सलहको झुण्डले दुई जिल्लामा ठुलो मात्रामा क्षति गरेको त्यहाँका कृषकहरुले बताएका छन् ।
तर, फाट्ट –फुट्ट सलह प्रदेशका ८ ओटा जिल्लाहरुमा प्रवेश गरिसकेको भुमि, व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
सुर्खेतको भेरीगंगा नगरपालिकाको रामाघाट लगायका क्षेत्रमा करिब १ सय हेक्टर क्षेत्रफलमा लगायको मकैमा कबिर २० देखि ३० प्रतिशत क्षति गरेको छ ।
छिन्चुमा ३० हेक्टर क्षेत्रफलमा लगायतको बालिनालीमा कबिर १५ प्रतिशत क्षति गरेको आंकलन गरिएको मन्त्रालयका कृषि प्रसार अधिकृत एवम सुचना अधिकारी धनबहादुर कठायतले जानकारी दिनुभयो ।
यस्तै, वीरेन्द्रनगर नगरपालिका–१२ को १५ हेक्टर क्षेत्रफल जमिनमा लगायको बालिनालीमा करिब १५ प्रतिशत नोक्सानी गरेको उहाँले बताउनुभयो । यी स्थानमा मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माको टोलिले अनुगमन गरेको थियो ।
यसैबिच दैलेखको नौमुले गाउँपालिकाका दुईओटा वडामा ८० हेक्टर र भगवतीमाई गाउँपालिकाको १ सय ४५ हेक्टर क्षेत्रफल जमिनमा करिब ३० प्रतिशत सम्म क्षति गरिएको आंकलन गरिएको सलह किरा नियन्त्रण तथा व्यवस्थापन समितिका सदस्य घनश्याम कार्कीले जानकारी दिनुभयो ।
यस्तै सल्यान र रुकुम पश्चिमका केही क्षेत्रमा लगाइएको बालिमा सलहले क्षति पु¥याएपनि क्षतिको डाटा संकलन कार्य जारी रहेको कठायतले जानकारी दिनुभयो । हुम्ला र डोल्पा बाहेकका आठ ओटा जिल्लाहरुमा सलह देखिएको मन्त्रालयले जनाएको छ ।
क्षति गरेका स्थानीय तहहरुमा क्षतिको विवरण माग गरिएको उहाँले बताउनुभयो । सहल कीरा रोकथाम तथा नियन्त्रणका लागि विभिन्न विषादी छर्कने लगायतका कामहरु भईरहेको मन्त्रालयको भनाई छ ।