कोरोना भाइरसबाट प्रभावितलाई लक्षित गरि उद्यमी बनाइने

सुर्खेत, १० साउन (जागरण) । कोरोना भाइरसबाट प्रभावितलाई लक्षित गरि सुर्खेत वीरेन्द्रनगरका १ सय ५० उद्यमी सिर्जना गर्ने तयारी गरिएको छ ।
नगरपालिकामा कोरानाबाट रोजगारी गुमाएका तथा कोराना संक्रमित परिवारलाई आयआर्जन वृद्धि गर्नका लागी कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
नगरपालिकाका १ सय ५० जना छनौट गरि उनीहरुको आयआर्जन वृद्धि गर्नका लागी कार्यक्रम सञ्चालन गरिएको जिल्ला लघु उद्यमी समुह संघ सुर्खेतकी कार्यक्रम संयोजक अन्जु रानाले जानकारी दिनुभयो ।
युनएनडिपीको आर्थिक सहयोगमा कोरोनाबाट प्रभावित अति कमजोर वर्गको आयआर्जन स्ुरक्षित गर्नका कार्यक्रम सुरु गरिएको राष्टीय लघु उद्यमी महासंघका कार्यवाहक अध्यक्ष कविराज खत्रीले वताउनुभयो । युवालाई व्यवसायिक सिपमुलक तालिम प्रदान गरि नयाँ उद्यमी बनाइने छ ।
ति स्थानीय तहका कोरोनाबाट प्रभावित वेरोजगार युवालाई उनीहरुको माग र चाहनाको आधारमा सिप विकास तालिम प्रदान गरिने उहाँको भनाई छ ।
यसैविच कार्यक्रम सञ्चालन गर्नका लागी सरोकारवाला निकायसंग अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
कार्यक्रममा वीरेन्द्रनगरपालिकाकी कार्यवाहक प्रमुख मोहनमायाँ ढकालले कोभिड १९ बाट प्रत्यक्ष रोजगारी गुमाएरलाई सहयोग गर्न अनुरोध गर्नुभयो ।
यस्तै, कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भइरहेको लघु औद्योगिक ग्राम आगामी ६ महिनाभित्रै सञ्चालन हुने भएको छ ।
वीरेन्द्रनगरस्थित उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको परिसरमा निर्माण भइरहेको लगु औद्योगिक ग्रामको काम अन्तिम चरणमा पुगेको छ ।
विगतमा केन्द्रीय सरकारको स्वामित्वमा रहेको ग्राम गत वर्ष प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयलाई हास्तान्तरण गरिएको थियो ।
६ ब्लक रहेको ग्रामको हालसम्म भौतिक प्रगति करिब ८५ प्रतिशत सम्म भएको निर्देशनालयले जनाएको छ ।
सात करोड २४ लाख ८२ हजार लागतमा निर्माण भइरहेको औद्योगिक ग्रामको काम ०७४ फागुनबाट निर्माण थालिएको हो ।