सल्यान, १० साउन (रेडियो राप्ती) । सल्यानमा जंगली बंदेलको मासु सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कालिमाटी गाउँपालिका वडा नं. ५ मनिकापुर निवासी ३० वर्षीय दुर्ग बहादुर रोकालाई वदेँलको मासु सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
आफ्नै मकैबारीमा पासो हालेर जंगली जनावर बदेल मारी घरमा ल्याई काट्न लागेको भन्ने गोप्य सुचनाका आधारमा उहाँलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
सुचना प्राप्त हुन साथ प्रहरी टोली घटना स्थल पुगेर बदेँलको मासु र बदेँल मार्न प्रयोग गरिएको पासो बरामद र रोकालाई समेत पक्राउ गरिएको सल्यान प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जानकारी दिनुभएको छ ।