कृषि क्षेत्रमा ५० हजार युवाहरुलाई स्वरोजगार बनाइँदै

नन्द कठायत ।
सुर्खेत, ११ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले बाँझो जमीनलाई सदुपयोग गरी प्रदेशका करिब ५० हजार युवाहरुलाई स्वरोजगार सिर्जना गर्ने गरि योजना बनाइएको बताएको छ ।
प्रदेशको भूमी व्यावस्था कृषी तथा सहकारी मन्त्रालयले कोरोना भाइरसले गर्दा रोजगारी गुमाएर भारतलगायतका तेस्रो मुलकबाट भित्रिएका नागरिकहरुलाई कृषिको माध्यमद्वारा स्वरोजगार बनाइने योजना बनाइएको हो ।
कर्णालीमा कुल २५ लाख २५ हजार दुईसय ७५ हेक्टर ( अर्थात १८ प्रतिशत) जमिनमध्ये दुई लाख १६ हजार आठसय ८० हेक्टर जमीनमा मात्रै खेती गरिँदै आएकाले बाँझो र गैरकृषि कार्यमा प्रयोग भइरहेको जमीनमा पनि खेती गर्ने अभियान लिएको सरकारका प्रवक्त एवम भूमी व्यावस्था कृर्षी तथा सहकारी मन्त्री विमला केसीले बताउनुभयो ।
प्रदेश सरकारले खाद्य उत्पादनलाई धेरैभन्दा धेरै जोड दिएको बताउँदै मन्त्री केसीले कर्णालीलाई खाद्यन्नमा आत्मनिर्भर बनाउनेगरी योजना कार्यान्वयनमा लिइएको बताउनुभयो ।
कृर्षी मन्त्रालयले उत्पादन बढाउन चक्लाबन्दी गरेर होस् वा बाँझो जमिनलाई कृषिको रुपमा उपयोग गर्न प्रत्यक स्थानियतहहरुलाई १७ लाख २५ हजार पाँच सयका दरले रकम पठाएकाले बाँझो जमिनको सदुपयोग हुने अपेक्षा सरकारले लिएको मन्त्री केसीको भनाई छ ।
कर्णाली प्रदेशमा ८२ हजार चारसय ५९ हेक्टर खेतीयोग्य जमिन बर्षौदेखि खेतीपाती नभई बाँझो रहेकाले बाँझो जमिनमा अनिवार्य खेती गर्ने र त्यसको लागि विदेशबाट फर्किएका युवाहरुलाई परिचालन गरिने जानकारी दिनुभयो ।
रोजगारीका लागि भारत लगायतका ठाउँमा गएका करिब ५० हजार युवाहरु कोभिड १९ का कारण कर्णाल भित्रिएका छन् ।