सल्यानमा प्राकृतिक विपत्मा परि ४ जनाको मृत्यू

बुद्धीमान पुन ।
सल्यान, ११ (रेडियो राप्ती) । सल्यानमा प्राकृतिक बिपत्मा परेर अहिलेसम्म ४ जनाको मृत्यू भएको छ । जिल्लाभर बिभिन्न प्राकृतिक बिपत्मा परेर बैशाख १ गते देखी हाल सम्म ४ जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
सल्यानका प्रहरी प्रमुख, डिएसपि ढकेन्द्र खतिवडाले जिल्लामा प्राकृतिक बिपद्को ठूलो जोखिम नभएपनि फाटफूट मात्रामा भएका घटनामा परेर उनीहरुको मृत्यु भएको बताउनुभयो ।
यस अबधिमा प्राकृतिक बिपद्का कारण ३ वटा घरमा क्षती भएको छ । प्राकृतिक बिपतमा परेर ३ वटा पशुचौपाय समेत मरेका छन् ।
यस्तै सल्यानमा प्राकृतिक बिपत्का घटना रोकथामका लागी तयारी थालिएको छ । मनसुन शुरु हुनुभन्दा अगाडी नै जिल्ला बिपत् ब्यबस्थापन समितीको बैठक बसेर बिपत््का सम्भावित घटना हुन नदिन सचेतनाका अभियान सञ्चालन गर्ने जिल्ला बिपद् व्यबस्थापन समितीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभएको छ ।