कर्णालीमा कोरोना जित्नेको संख्या १६ सयभन्दा धेरै

सुर्खेत, ११ साउन (जागरण) । पछिल्लो २४ घण्टामा थप ५४ जना डिस्चार्ज भएपछि कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या एक हजार ६ सय ३९ पुगेको छ ।
आज थप डिस्चार्ज हुनेहरुमा प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, सिम्ता आइसुलेसन सेन्टर सुर्खेतबाट ३० जना, गुर्भाकोट आइसुलेसन सेन्टर सुर्खेतबाट ३ जना, पञ्चपुरी आइसुलेसन सेन्टर सुर्खेतबाट ११ जना, सल्यान अस्पतालबाट ६ जना र कालिकोट अस्पतालबाट १ जना रहेका सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा शाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो । …आवाज…
यस्तै, पछिल्लो २४ घण्टामा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै कर्णाली प्रदेशमा संक्रमितकोे संख्या एक हजार ८ सय ५१ पुगेको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा मात्रै २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुने संक्रमितमध्ये सुर्खेतका ११, जाजरकोटका ६, कालिकोटका ३, हुम्लाका एक, मुगु, दैलेख र अछामका २÷२ जना रहेको मन्त्रालयको स्वास्थ्य सेवा शाखाका प्रमुख डाक्टर तिवारीले जानकारी दिनुभयो । …आवाज…
अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय विरामिको संख्या २ सय ६ रहेको मन्त्रालयले जनाएको छ ।