कर्णालीम पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना पुष्टी

सुर्खेत, १३ साउन (जागरण) । कर्णालीम पछिल्लो २४ घण्टामा थप ३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै कर्णाली प्रदेशमा संक्रमितकोे संख्या एक हजार ९ सय १० पुगेको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा १ जना , दैलेख अस्पताल दैलेख २८ जना र चौजहारी नगरपालिका प्रयोगशाला रुकुम पश्चिममा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुने संक्रमितमध्ये दैलेखका २८ जना, सुर्खेतका एक जना र सल्यानका २ जना रहेको मन्त्रालयको शिक्षा तथा जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिनुभयो ।
यसैविच, पछिल्लो २४ घण्टामा थप १४ जना डिस्चार्ज भएपछि कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या एक हजार ६ सय ५८ पुगेको छ ।
२४ घण्टामा डिस्चार्ज हुनेहरुमा प्रदेश अस्पताल सुर्खेतबाट ३ जना, विरेन्द्रनगर आइसुलेसन सेन्टर सुर्खेतबाट १० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक जना रहेका कंडेलले बताउनुभयो ।
अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय विरामिको संख्या २ सय ४६ रहेको मन्त्रालयले जनाएको छ ।