जाजरकोटमा विषालु च्याउ खाँदा एकजनाको मृत्यु, सल्यानमा करेन्ट लागेर एक बालकको निधन

प्रकाश रोकाय÷बुद्धी पुन ।
जाजरकोट÷सल्यान, १३ (रेडियो खलंगा÷रेडियो राप्ती) ।
जाजरकोटको कुशे गाउँपालिका १, स्याँक्रीमा विषालु च्याउ खाएर एक बालिकाको मृत्यु भएको छ ।
सात जना सिकिस्त बिरामी परेका छन् । च्याउ खाएर स्थानीय जनक चलाउनेकी ३ वर्षीया छोरी अञ्जना चलाउनेको मृत्यु भएको हो ।
उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजाँदै गर्दा अञ्जनाको मृत्यु भएको हो । अन्य ७ जना बिरामी परेका छन् ।
बिरामी हुनेहरुमा ५० वर्षीय टेकबहादुर चलाउने, ३० वर्षीय ललित चलाउने, ३० वर्षीय कल्पना चलाउने, ९ वर्षीय नीरुता सिंह, १२ वर्षीया धनसरा चलाउने तथा १४ वर्षीय औसरा चलाउने सिकिस्त बिरामी परेका गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेतले जानकारी दिनुभएको छ ।
यस्तै, सल्यानमा आँप टिप्न रुखमा चढेका एक बालकको करेन्ट लागेर मृत्यू भएको छ । शारदा नगरपालिका वडा नम्बर ७ कजेरीका १४ बर्षिय बालक टोपेन्द्र बुढाथोकीको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
शारदा नगरपालिका वडा नम्बर ६ भट्टाचौर स्थित सार्वजनिक स्थलमा रहेको आँपको रुखमा चढेर आँप टिप्ने क्रममा करेन्ट लागेर भुईमा खस्दा मृत्यू भएको प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले जानकारी दिनुएको छ ।