आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ

मान बहादुर कुँवर ।
जुम्ला, १३ (रेडियो खुल्ला आँकास) । जुम्लाको कनकासुन्दरी गाउँपालिका ४ का ऐनबहादुर शाहीले आफ्नै बुबाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
ऐनबहादुरले ७५ वर्षीय बुवा दानबहादुरको कुटपिट गरी हत्या गरेको आरोप छ ।
प्रहरी नायब उपरीक्षक लालबहादुर धामीका अनुसार छोरा ऐनबहादुरले मदिरा सेवन गरी आफ्नै बुबाको कुटपिट गरेर शनिबार राति हत्या गरेका हुन् ।
घटनापछि घाइते दानबहादुरलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको र शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा ल्याइएको छ ।