सेनेटरी प्याड अनियमितता प्रकरणबारे जवाफ माग

दैलेख, १४ साउन ( रेडियो धु्रवतारा) । दैलेखको नारायण नगरपालिकाले नियमविपरीत खरीद गरेको सेनेटरी प्याड अनियमितता प्रकरणबारे प्रशासन कार्यालय दैलेखले २४ घण्टे पत्र काटेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले अनुसन्धान अधिकृत समेत तोकेर छानबिन गर्ने भएको छ ।
अनियमितता प्रकरणबारे निश्पक्ष छानबिन गर्नुपर्ने भन्दै नेपाल शिक्षक संघ नगर कार्यसमिति जिल्ला शाखा दैलेखले प्रशासन कार्यालय दैलेखमा लिखित निवेदन दर्ता गरेको थियो । कोटेसन खोलेर प्रतिस्पर्धाका आधारमा खरिद गर्नुपर्ने सेनिटरी प्याड कमिसनको लोभमा कोटेसन प्रकाशन नगरी सीधै खरिद गरेको तत्थ्य खुलेपछि जिल्ला प्रशासन कार्यालयले २४ घण्टाभित्र प्रमाणसहित लिखित जवाफ माग गरेको छ ।
छानबिन प्रक्रिया थालनी गरेको र दोषीलाई कारबाहीको प्रक्रिया अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताउनुभएको छ ।