मनपरी भाडा असुली गरेपछि जाजरकोटका ग्रामीण क्षेत्रका यात्रु मर्कामा

कालीबहादुर नेपाली ।
जाजरकोट, १४ साउन (जागरण) । सवारी साधनले मनपरी भाडा असुली गरेपछि जाजरकोटका ग्रामीण क्षेत्रका यात्रु मर्कामा परेका छन् । पक्की सडकमा चल्ने सवारी साधनको भाडा सरकारले तोकेबमोजिम भए पनि ग्रामीण क्षेत्रमा चल्ने सवारीले मनपरी भाडा असुली गरिरहेका छन् ।
सर्वसाधारण यात्रुहरुले पहिले तिर्ने भन्दा डबल भाडा तिर्नुपरेको बारेकोटका मानबहादुर नेपाली गुनासो गर्नुभयो ।
जाजरकोट सदमुकाम देखि रुकुम पश्चिमको चिसापानी सम्म जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार २९ किलोमिटरमा जिपले प्रतिव्यक्ति ६ सय भाडा लिने गरेका छ ।
कालोपत्रे नभएका सडकमा गाडीको तेलको मुल्य समेत उपरा गर्न नसकेपछि भाडादर वृद्धि गरेको यातायात व्यवसायीहरुको भनाई छ । सरकारी मापदण्ड विपरीत जाजरकोटका यातायात व्यवसायले भाडा असुली गर्दा सम्बन्धीत निकायलाई कुनै जानकारी नभएको बताएका छन् ।