सुशासन प्रवद्र्धनका लागि सल्यानका स्थानीय सरकारले रचनात्मक सहकार्य गर्ने

शंकर के.सी ।
सल्यान १४ साउन (रेडियो कपुरकोट) । स्थानीय सुशासन प्रवद्र्धनका लागि सल्यानका स्थानीय सरकारले रचनात्मक सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन् ।
दलित विकास समाज सल्यानले सञ्चालन गरेको सुशासनमा नागरिक सहभागीता कार्यक्रमका बारेमा जानकारि दिन आयोजना गरिएको समन्वय बैठकमा जिल्लाका गाउँपालिकाहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
सामुदायिक सुशासन, जवाफदेहिता तथा पारदर्शिता सवलीकरण मार्फत नागरिक तथा स्थानीय सरकार बीच हभागितामूलक सहयोगात्मक सम्बन्ध स्थापना गर्नका लागि पालिका प्रमुख तथा कर्मचारीहरु प्रतिवद्ध भएको दलित विकास समाज सल्यानले जनाएको छ ।
यो कार्यक्रम जिल्लाको दार्मा, सिद्ध कुमाख, त्रिवेणी, कपुरकोट र कालिमाटी गाउँपालिकामा सञ्चालन भइरहेको छ । आज कपुरकोट गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिकाका प्रमुख भिम बहादुर सेनले आफ्नो पालिकामा निर्माण हुने हरेक कार्यनीतिहरू सहभागितात्मक र जनमुखी बनाउन जोड दिइएको बताउनुभएको छ ।