थप १३ जनाले जिते कोरोना, कर्णालीमा निको हुनेको संख्या १७ सय नजिक

सुर्खेत, १५ साउन (जागरण) । पछिल्लो २४ घण्टामा थप १३ जना डिस्चार्ज भएपछि कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या एक हजार ६ सय ८२ पुगेको छ ।
थप डिस्चार्ज हुनेहरुमा प्रदेश अस्पताल सुर्खेतबाट ५ जना, दैलेख अस्पताल दैलेखबाट ८ जना रहेका प्रदेशको सामाजिक मन्त्रालय अन्र्तगतको शिक्षा तथा जनस्वास्थ्य शाखा प्रमुख नवराज कंडेलले जानकारी दिनुभयो ।
यसैविच, कर्णालीम पछिल्लो २४ घण्टामा थप १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै कर्णाली प्रदेशमा संक्रमितकोे संख्या एक हजार ९ सय १५ पुगेको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा हुम्लाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य शाखा प्रमुख कंडेलले जानकारी दिनुभयो ।
अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय विरामिको संख्या २ सय २७ रहेको मन्त्रालयले जनाएको छ ।