कृति सुवेदी ।
सुर्खेत, १५ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले चालु आर्थिक बर्षमा महिला तथा बालबालिकाको क्षेत्रमा विभिन्न २० वटा योजना निर्माण गरी कार्यान्वयनमा लैजाने तयारी गरेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको महिला तथा बालबालिका शाखाले योजना कार्यान्वयनमा लिनेगरी तयारी थालेको हो ।
विशेषगरी कर्णालीमा रहेको महिला हिंसा, घरेलु हिंसा र बाल श्रम लगायत सामाजिक विकृती कम गर्नतर्फ प्राथामिकता दिएर काम गर्ने योजना निर्माण गरिएको सामाजिक विकास मन्त्रालय महिला तथा बालबालिका शाखाका महिला विकास अधिकृत सुनिता केसीले कर्णाली रैबारलाई बताउनुभयो ।
त्यसैगरी, महिलाहरुका लागि मर्यादित महिनावारी प्रवद्र्धन किशोर किशोरीहरुकाका लागि रुपान्तरण कार्यक्रम, बैंक खाता छोरीको सुरक्षा जीवन भरीको कार्यक्रमलाई निरन्तरता दिनेगरी आफुहरुले गृहकार्य गरिरहेको बताउनुभयो ।
कर्णाली प्रदेशका १० वटै जिल्लामा एउटै ढङ्गले कार्यक्रमहरु संचालन गरि महिला तथा बालबालिका माथी हुने विभिन्न हिंसा अन्त्य गरिने उहाले बताउनुभयो ।