कर्णालीमा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित भेटिएनन्

सुर्खेत, १९ साउन (जागरण) । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा दुई सय ९ आरटि पिसिआर गरिएकोमा कोरोना भाइरसका कुनै पनि नया संक्रमित फेला नपरेको प्रदेश सरकारले जनाएको छ ।
आज नया संक्रमित पुष्टि र कोरोना जिते र घरर्फकीनेको संख्या नभएको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
डाक्टर तिवारीका अनुसार अव दैलेखमा सवैभन्दा धेरै १ सय २७, सुर्खेतमा ३६, जाजरकोटमा १२, सल्यानमा ९, कालिकोटमा १२ र मुगुमा १ जना आइशोलेसनमा रहेका छन् । कर्णाली प्रदेशमा अहिले सम्म एक हजार ७ सय २२ जना डिस्चार्ज भएका छन् ।
अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय विरामिको संख्या २ सय ११ जना रहेको मन्त्रालयले जनाएको छ ।
यसैवीच, पछिल्लो २४ घण्टामा कोरोनाका कुनै पनि नया संक्रमित नथपिएपछि प्रदेशमा संक्रमितकोे संख्या अहिले सम्म एक हजार ९ सय ३९ रहेको डाक्टर तिवारीले जानकारी दिनुभएको छ ।
यस्तै, पछिल्लो समय लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेपछि झापापखाला लागेका बिरामीमा पनि कोरोना संक्रमण भएरनभएको परीक्षण गरिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणका लागि तेस्रो संशोधन निर्देशिका जारी गर्दै ज्वरो, कफ, श्वासप्रश्वास र झाडापखाला जस्ता समस्या भोगिरहेका तथा संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै व्यक्तिमा कोरोना परीक्षण गरिने जनाएको छ ।
साथै, बाहिरबाट आएर ५ देखि ७ दिनसम्म क्वारेन्टाइनमा बसिसकेका व्यक्तिहरूमा पनि परीक्षण गरिनेछ ।