सल्यानमा गत आर्थिक वर्ष ६ किलोमिटर भन्दा धेरै सिँचाई कुलो निमार्ण

सल्यान, २१ साउन (रेडियो राप्ती) । कृषि विकास कार्यालय सल्यानले गत आर्थिक वर्ष २०७६÷०७७ मा ६ किलोमिटर भन्दा बढी सिँचाई कुलो निमार्ण एवं मर्मत गरेको छ ।
कार्यालयका अनुसार गत आर्थिक वर्षमा ६ हजार ८ सय ८६ मिटर सिँचाई कुलो निमार्ण एवं मर्मत गरिएको हो ।
सिँचाई कुलो निमार्ण भएपछि तरकारी खेती, अन्य अन्नबालीमा सिँचाई गर्न सजिलो भएको किसानहरुको भनाइ छ ।
३ करोड ७४ लाख ७३ हजार एक सय रुपैयाँको लागतमा २५ वटा सिँचाई योजना सम्पन्न भएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेसमबहादुर बस्नेतले बताउनुभयो ।
सिंचाई शुविधा पुगेपछि कृषकहरु व्यवसायिक खेतीमा आकर्षित भएका छन् । स्थानीय खोलाको पानी पक्की कुलो निमार्ण गरेर खेतसम्म पुगेको कालिमाटी गाउँपालिका ३ साजगैराका रातो बस्नेतले बताउनुभयो ।
यस्तै बनगाड कुपिण्डे नगरपालिका २ लाहाघाटमा पनि चैतुवा कृषि सिँचाई योजना सम्पन्न भएको छ । सिँचाई कुलो निमार्ण पछि २ सय रोपनी जग्गामा सिँचाई सुविधा पुगेको कृषक शंकर प्रसाद शर्माले बताउनुभएको छ ।