कोरोना परिक्षणको दर बढाएर दैनिक २५ सय पुर्याउने कर्णाली प्रदेश सरकाको तयारी

सुर्खेत, २२ साउन (जागरण) । कर्णाली प्रदेश सरकाले कोरोना परिक्षणको दर बढाएर दैनिक २५ सय पु¥याउने जनाएको छ । समुदाय स्तरमा कोरोना परिक्षण गर्नेगरी दैनिक २५ सयको स्वाब परिक्षण गरिने गरि तयारी गरिएको हो ।
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैनिक दुइ हजार देखि २५ सय सम्मको स्वाब परिक्षण गर्ने योजना बनाउन थालिएको छ ।
मन्त्रालयका स्वास्थ्य शाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीका अनुसार त्यसको लागि टिम बनाएर काम भइरहेको र आगामी हप्तादेखि दैनिक २५ सयको स्वाब परिक्षण गरिने छ ।
अब समुदाय स्तरमा नै कोरोना परिक्षण गर्नेगरी मन्त्रालयले तयारी थालेको उहाले जानकारी दिनुभयो ।
मंगलबार पत्रकार सम्मेलनमा बोल्दै सामाजिक विकास मन्त्री दल रावलले कोरोना परिक्षणको दायरा बढाउने बताउनुभएको थियो ।