कर्णालीमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या १८ सय भन्दा धेरै

सुर्खेत, २३ (जागरण) । पछिल्लो २४ घण्टामा थप ३६ जना डिस्चार्ज भएपछि कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या एक हजार ८ सय ८ पुगेको छ ।
हिजो कर्णाली प्रदेश विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट थप ३६ जना डिस्चार्ज भएका प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शाखाका प्रमुख डाक्टर लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
डाक्टर तिवारीका अनुसार पछिल्लो २४ घण्टामा थप ४ जना कोरोना पुष्टि भएसँगै कर्णालीमा संक्रमितकोे संख्या एक हजार ९ सय ६० रहेको छ ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतस्थित प्रदेश अस्पतालमा २ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पुष्टि हुने संक्रमितमध्ये सुर्खेत, दैलेख, जुम्ला, मुगुका एक–एक जनामा पुष्टि भएको डाक्टर तिवारीले जानकारी दिनुभयो । अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय विरामिको संख्या १ सय ४६ रहेको मन्त्रालयले जनाएको छ ।