उपाधिका लागि रुपन्देही र आर्मी भिड्दै

सुर्खेत, १२ जेठ (जागरण) । सुर्खेतको वीरेन्द्रनगरमा जारी कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वेण्टि क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज त्रिभुवन आर्मी क्लब र रुपन्देही–११ भिड्दै छन् ।
वीरेन्द्रनगरस्थित रंगशालामा भईरहेको खेलमा बिनोद भण्डारीको कप्तानीमा रहेको आर्मी र शक्ति गौचनको कप्तानीमा रहेको रुपन्देही भिड्ने भएका हुन् ।
खेल अहिले बिहान साढे नौ बजेदेखि हुँदैछ ।
बन्धुविकास वहुउदेश्यीय सहकारी संस्थाको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको विजेताले तीन लाख र उपविजेताले एक लाख ५० हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् ।