अब एक प्रतिशत मात्र धान रोपाई हुन बाँकी

कृति सुवेदी ।
सुर्खेत, २३ साउन (जागरण) । कर्णालीमा अहिलेसम्म ४८ हजार ७ सय ३१ हेक्टर क्षेत्रफलमा धान रोपाई सम्पन्न भएको छ ।
भुमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दिएको जानकारी अनुसार कुल ४९ हजार ४ सय २५ हेक्टर क्षेत्रफल मध्य ४८ हजार ७ सय ३१ हेक्टर क्षेत्रफलमा अहिलेसम्म धान रोपिएको हो ।
अब बाँकी ६ सय ८९ हेक्टर क्षेत्रफलमा पनि रोपाई भइरहेको मन्त्रालयले जनाएको छ । यो बर्ष समयमै बर्षा भएपछि रोपाई पनि चाँडै सकिएको बताइएको छ ।
कृषी मन्त्रालयका सुचना अधिकारी धन बहादुर कठायतका अनुसार कर्णालीका दश जिल्लामध्येरुकुम पश्चिममा ७ हजार ९ हेक्टर क्षेत्रफल अर्थात ९९ प्रतिशत धान रोपाई भएको छ ।
यस्तै जाजरकोटमा ३ हजार ७० हेक्टरमध्ये, ३ हजार ९ हेक्टर क्षेत्रफल अर्थात ९८ प्रतिशत, दैलेखमा ८ हजार ३ सय एक हेक्टरमध्ये, ८ हजार २ सय १८ अर्थात ९९ प्रतिशत, डोल्पामा २ सय ७६ हेक्टरमध्ये, एक सय अर्थात सतप्रतिशत रोपाइ भएको छ ।
सल्यानमा ७ हजार ७८ हेक्टरमध्ये, ६ हजार ९ सय ३६, अर्थात ९८ प्रतिशत, मुगुमा ४ हजार एक सय २५ हेक्टरमध्ये, ४ हजार एक सय २५ अर्थात ९९ प्रतिशत, हुम्लामा ५ सय ७४ हेक्टरमध्ये, शतप्रतिशत ९९ प्रतिशत रोपाइ भएको बताउनुभयो ।
जुम्लामा २ हजार ८ सय हेक्टरमध्ये, शतप्रतिशत, कालिकोटमा २ हजार ५ सय ५१ हेक्टरमध्ये दुई हजार ५ सय ५१ अर्थात ९९ प्रतिशत र सबैभन्दा धेरै सुर्खेतमा १३ हजार ५ सय २ हेक्टरमध्ये, १३ हजार २ सय ३२, अर्थात ९८ प्रतिशत रोपाइ भएको छ ।
अब समग्र कर्णालीमा एक प्रतिशत मात्र धान रोपाई हुन बाँकी रहेको भन्दै सुचना अधिकारी कठायतले यसवर्ष समयमै मनसुन सुरु भएकाले यस बर्ष सहज रुपमा समयमै रोपाई सकिएकोे कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
कृषकहरुलाई समयमै मल समेत उपलव्ध गराइएको उहाले जानकारी दिनुभयो ।