आयुर्वेद कार्यालयहरु भंग गरिएकोप्रति वैद्यहरुको असन्तुष्टी

सुर्खेत, २५ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले नारामा जडिबुटीबाट कर्णालीलाई समृद्ध बनाउने भनेपनि त्यसमा ध्यान नदिएको कर्णालीमा कार्यरत सरकारी वैद्यहरुले आरोप लगाएका छन् ।
कर्णाली प्रदेश सरकारले हरेक बजेटमा जडिबुटीबाट समृद्धिको सपना बाड्ने र त्यसको कार्यन्वयनभन्दा आयुर्वेद कार्यालयहरु भंग गरिएको उनीहरुको आरोप छ ।
कर्णाली प्रदेश सरकारले कर्णालीका १० वटै जिल्लामा विगतमा आयुर्वेद कार्यालयहरु रहेको अहिले त्यसलाई भंग गरेर जिल्ला स्वास्थ्य कार्यालयमा राखिएका कारणले बिरामी औषधी उपचारमा कमी आएको नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाज कर्णाली प्रदेश अध्यक्ष दिपेन्द्र कँडेलले बताउनुभयो ।
कर्णाली प्रदेश सरकारले आयुर्वेद क्षेत्र नै धरासायी हुने गरी विना कुनै सल्लाह विना नै स्वास्थ्य कार्यालयमा मर्ज गरेर अहिले दुई कोठामा आयुर्वेद चिकित्सा खुम्चिएको अध्यक्ष कँडेलले बताउनुभयो ।