ढुक्क हुनुहोस् पार्टी फुट्दैनः ज्वाला

बुद्धी पुन ।
सल्यान, २५ साउन (रेडियो राप्ती) । कर्णाली प्रदेश सरकारका आर्थिक मामीला तथा कानून मन्त्री प्रकाश ज्वालाले कुनै पनि हालतमा नेकपा नफुट्ने बताउनुभएको छ ।
देशलाई बिकास र समृद्धिको अभियानमा लैजानको लागी तत्कालिन नेकपा एमाले र नेकपा माओवादी बीच एकता भएको बताउदैँ उहाँले नेकपा फुट्छ कि भनेर तरंगित र हतोत्साहित नहुन आग्रह गर्नुभएको हो ।
शनीवार सल्यानको शारदा नगरपालिका ६ मा आयोजित कार्यकर्ता भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
पार्टी र सरकारले गरेका काम कारवाहीमा केही असन्तुष्टि रहे पनि पार्टीको शिर्ष तहबाट नै समाधान खोजिने उहाँको भनाई छ ।
उहाँले पार्टीलाई एकताबद्ध गरी राष्ट्र र जनताको आवश्यकतामा सञ्चालन गर्न नेकपाका आम नेता कार्यकर्तामा गम्भीर जिम्मेवारी आएको बताउनुभएको छ ।