कर्णाली प्रदेशमा कोरोना संक्रमितकोे संख्या दुई हजार बढी, निको हुने २ हजार नजिक

सुर्खेत, ३० साउन (जागरण) । कर्णालीमा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै कर्णाली प्रदेशमा संक्रमितकोे संख्या दुई हजार ५२ पुगेको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षण सबै संक्रमित सुर्खेतका रहेका छन् ।
आज पुष्टि हुने संक्रमितमध्ये सुर्खेतको वीरेन्द्रनगर नगरपािलका–१० का ३ जना महिला, ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ । सोही वडाका १, २ र ३ वर्षीय बालकमा पनि कारोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शाखाले जनाएको छ ।
यस्तै वीरेन्द्रनगर–१३ का २ जना महिला, ६ र १३ वर्षीय दुई बालक, ४ जना पुरषमा कोरोना पुष्टि भएको छ । सुर्खेतको लेकवेशी नगरपालिका–७ का एक जना पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य शिक्षा अधिकृत, नवराज कँडेलका बताउनुभयो ।
यसैविच, पछिल्लो २४ घण्टामा थप ७ जना डिस्चार्ज भएपछि कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या एक हजार ९ सय एक पुगेको छ ।
आज कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट थप ७ जना डिस्चार्ज भएका अधिकृत कंडेलले बताउनुभयो ।
अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय विरामिको संख्या १ सय ४५ रहेको मन्त्रालयले जनाएको छ ।