मुगुको सोरु गाँउपालिकाबाट करिब पाँच करोड रकम फिर्ता

खड्क सुनार
मुगु, ३० साउन (जागरण) । मुगुको सोरु गाँउपालिकामा ४ करोड ८५ लाख बराबरको रकम फिर्ता भएको छ । आर्थिक बर्ष ०७६÷०७७ मा कर्णाली प्रदेश साँसद क्षेत्र बिकास कोष मार्फत संचालित र अन्य निकायबाट बिनियोजित ४ करोड ८५ लाख बराबरको रकम फिर्ता भएको हो ।
केही निमार्ण सम्पन्न भएका योजनाको रकम समेत गाँउपालिकाले भुक्तानी नगर्दा निमार्णमा संलग्न कामदारहरु मर्कामा परेका छन ।
गाँउपालिका भित्रका आधा दर्जन बिकास निमार्णका काम सम्पन्न भई भुक्तानी लिन मात्र बाकि रहेका बेला गाँउपालिकाका जन प्रतिनीधी र कर्मचारी बिच बिबाद उत्पन्न भएपछी विकास पुर्वधारको बजेट फिर्ता जाँदा योजनामा संलग्न कामदारले रकम नपाएको बताइएको छ ।