सुर्खेतमा लुकाइएको अवस्थामा सुनका गहना बरामत

सुर्खेत, ३० साउन (जागरण) । सुर्खेतमा लुकाइएको अवस्थामा सुनका गहना प्रहरीले बरामद गरेको छ । वीरेन्द्रनगर वडा नम्बर ३ मा सुनका गहनासहित प्रहरीले एक जनालाई प्रक्राउ समेत गरेको छ ।
गयराति वीरेन्द्रनगर ३, स्थित मनबहादुर सुनारको घरबाट गहनासहित एकजनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
डीएसपी घर्तीका अनुसार हातमा लगाउने दुईवटा कडा, १६ वटा चुरा, तीनवटा कानमा लगाउने झुम्का, तीनवटा काँटा र ४ वटा श्रीफूल बरामद भएको छ । गहनाहरु सुनको जस्तै देखिए पनि परीक्षण हुन बाँकी रहेको डीएसपी घर्तीले बताउनुभयो ।