पंख बहादुर शाही ।
सुर्खेत, ३२ साउन (जागरण) । कर्णाली प्रदेश सरकारले प्रदेशका करिब २० प्रतिशत जनसँख्यालाई कोरोना परिक्षण गर्नेगरी तयारी थालेको छ ।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेशका १७ लाख जनसंख्या रहेको कर्णाली प्रदेशमा जम्मा जनसंख्याको २० प्रतिशत अर्थात करिब साढे ३ लाख जनसंख्यालाई कोरोना परिक्षण गर्ने तयारी गरिएको हो ।
यसको लागि मन्त्रालयले किट खरिद गर्नेगरी काम अगाडी बढाएको र अब समुदाय स्तरमा नै गएर परिक्षण गरिने मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा .लक्ष्मिनारायण तिवारीले कर्णाली रैबारलाई बताउनुभयो ।
उहाले जनसंख्या धेरै भएका जिल्लाहरुमा परिक्षण दायरा बढाउँदै लगिएको भन्दै अहिलेसम्म कर्णालीका ३६ हजार नागरिहरुको पिसिआर परिक्षण गरिएको जानकारी दिनुभयो ।
सम्बन्धीत ठाउँको अबस्थालाई मध्यनजर गर्दै परिक्षणको दायारा बढाउँदै गएको भन्दै उहाले कोरोना पोजेटिभ धेरै भेटिएका ठाउँहरुलाई पहिलो प्राथामिकतामा राखिएको बताउनुभयो ।
अहिले सम्म परिक्षण गरिएका मध्ये सुर्खेत, दैलेख, जुम्ला र सल्यानमा परिक्षणको दायरा बढाइएको भन्दै उहाले तिनवटा भागमा विभाजन गरि परिक्षण गर्ने तयारी गरिएको बताउनुभयो ।
अहिले घन्टाघर नजिकको क्वारेन्टाइनलाई ‘होल्डिङ्’ सेन्टर भनेर विकास गर्न लागिएको र प्रदेश बाहीरबाट आउनेलाई सिधै त्यहाँ राखिने छ । जसका लागि सो स्थानमा टेन्टहरु थपिने छ ।
डाक्टर तिवारीले कर्णालीमा हाल सम्म समुदायस्तरमा १५–२० ओटा जति केश फेला परेको बताउनुभयो ।
