कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी

सुर्खेत, ३२ साउन (जागरण) । कर्णाली प्रदेशमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै प्रदेशमा संक्रमितकोे संख्या दुई हजार ६५ पुगेको छ ।
पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतस्थित प्रदेश अस्पतालको प्रयोगशाला र दैलेख अस्पतालमा गरिएको परिक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ पुष्टि हुने संक्रमितमध्ये सुर्खेतका ५ जना र दैलेखका ३ जना रहेका प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत, नवराज कँडेलले बताउनुभयो ।
यसैविच, पछिल्लो पटक थप ५ जना डिस्चार्ज भएका छन् । योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या एक हजार ९ सय १३ पुगेको छ ।
आज कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट थप ५ जना डिस्चार्ज भएका अधिकृत कंडेलले बताउनुभयो ।