बिवेक गौतम ।
रुकुम पश्चिम, १ भदौ (जागरण) । वर्षासँगै आएको पहिरोले रुकुम पश्चिमको आठविसकोट नगरपालिकाका विभिन्न ठाउँमा क्षेती पु¥याएको छ ।
नगरपालिकाको वडा नम्बर ६ दामाचौरमा बाढीले जमिन बगाएपछी ११ वटा घर उच्च जोखिममा रहेका छन ।
वडा अध्यक्ष डिल्ली चनेलका अनुसार स्थानिय उसुम खोलामा आएको पहिराले बाली सहितको खेती योग्य जमिन बगाएको छ भने ११ वटा घर उच्च जोखिममा रहेका वडा अध्यक्ष चनेलले जानकारी दिनुभएको छ ।
यसैविच नगरपालिकाको वडा नम्बर ७ पारापानी पहिरोले तिन वटा पानी घट्ट बगाएको छ ।
पारापानीमा रहेका घट्ट पहिरोले बगाएपछी पिठो पिस्न समस्या भएको वडा सदस्य शंकर केसीले जानकारी दिनुभएको छ ।