कर्णाली १४ जनामा कोरोना

सुर्खेत, २ भदौ (जागरण) । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना भाइरस (कोभिड(१९) का संक्रमित थपिएका छन् ।
सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणबाट सोमबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।
थपिएका संक्रमितमध्ये सुर्खेतका सातजना, जुम्लाका तीनजना, दैलेख, सल्यान, धनुषा र भारतका एकरएकजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृत, नवराज कंडेलले जानकारी दिनुभयो ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २०८१ पुगेको छ ।
यस्तै, कर्णालीमा सोमबार थप १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९२८ पुगेको छ ।