ढाँका बुनाइबाट आत्मनिर्भर बन्दै महिला

प्रभारावत,सुर्खेत ११, (जागरण)
मिहेनत गरेपछि एकदिन अवश्य सफल भईन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् सुर्खेतको वीरेन्द्रनगर ५ चिसापानीका महिलाहरु । ढाँका बुनाइबाट आत्मनिर्भर बन्न थालेका उनीहरु साँच्चिकै हरेक महिलाका लागि प्रेरणाका पात्र बनेका छन् । ढाकाँ बुनाइबाट नै महिलाहरु मासिक १५ देखी २० हजार कमाउदै आएका छन् । तिनै मध्येकी एक हुनुनहुन्छ, विरेन्द्रनगर ५ चिसापानीका महिला उद्यमी देउकली थापामगर भन्नुहुन्छ, ‘मैले विगत १० बर्षयता यो काम गर्दै आएको छु, कमाइ राम्रो नै छ, कहिले काहीँ समय दिनसकेपछी मासिक ३० हजार सम्म कमाइ हुन्छ, म यो कामलाई नै निरन्तरता दिने योजनामा छु ।’
करिब १० बर्षदेखी ढाकाँ बुनाई गर्दै आएका चिसापानीका महिलाहरु आफ्नो काम अनि आम्दानीबाट सन्तुष्ट भएको बताउँछन् । उनिहरु उद्यमीमा ढाकाको चोली, पछ्यउरी तथा धोती पनि बुन्दै आएका छन् । काम त सन्तोषजनक छ नै तर त्यहीमाथि चुनौति पन िउत्तिकै छन् । अर्की महिला उद्यमी मिना गैरे भन्नुहुन्छ, ‘कमाई राम्रो नै गछौँ, तर बजारव्यवस्थापनको समस्या छ, साझबिहान यही कमाईबाट नै घर व्यबहार चलाउनेलाई यसको बजरब्यबस्थापन हुनुपर्छ हामीलाई बजार व्यबस्थापनको समस्या छ ।’
चिसापानीमा मात्र २ सय पचास महिलाहरु उद्यमी बनेका छन् । साँझ विहान घरको काम सकेर दिउँसोका समय महिलाहरु उद्यम गरेर बिताउने गर्दछन् । सबैभन्दा मुख्य कुरा त यी महिलाहरुले उत्पादन गरेका सामग्रीको बजारको व्यवस्था हुनुपर्दछ । यस विषयमा घरेलु तथा साना उद्योग कार्यालयले पनि केही योजना बनाएको छकि ? कार्यालयका प्रमुख शम्भुपैसाद पौडेल भन्नुहुन्छ, ‘उहाँहरुले उत्पादन गरेको सामग्रीले यहाँको बजारलाई नै धान्न सकेको छैन, उहाँहरुले उत्पादन गरेको साम्रगी धेरै नै भयो भने यसको बजार व्यबस्थापन हामीले गछौँ ।’
पछिल्लो समय महिलाहरु यसरी काम गरेर आत्म निर्भर बन्नुले पनि यो देखिन्छ कि प्रयास गरे असफल केही पनि छैन । सधैँ अरुकै भर पर्नुपर्छ भन्ने साँघुरो सोचाईलाई यी महिलाहरु तोड्न सफल भएका छन् । यसरी उद्यमी बन्न खोज्ने महिलाहरुले उत्पादन गरेका सामग्रीको बजार व्यबस्थापन तर्फ सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।

थप अडियाे