मान बहादुर कुँवर ।
जुम्ला, ३ भदौ (रेडियो खुल्ला आँकास) । नदिले पुल बगाएपछि जुम्लाको पातारासी गाउँपालिकामा नागरिकालाई आवत–जावत गर्न कठिन भएको छ ।
पातारासी हिमालबाट बग्ने जवाँ नदिको बहाव बढेकाले वडा नम्बर ५ को लुम गाउँको विधुत गृह र नहरमा समेत क्षेति गरको स्थानीय कृष्ण बोहराले बताउनुभयो ।
लोर्पा गाउँको पुल नदिले बगाएर लिएपछि स्थानियलाई दुई दिन देखी आवत–जावत गर्न समस्या भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताउनुभयो ।
निरन्तर आएको बर्षाले जुम्लाका तिला, हिमा र जवाँ नदिको वहाब बढेपछि विभिन्न स्थानमा मार्सीधान रोपिएका खेतमा समेत क्षेति पु¥याएको छ ।