खुकुरी प्रहार गर्ने चार जना पक्राऊ

बिबेक गौतम ।
रुकुम, ३ भदौ (जागरण) । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १२ का एक युवकलाई खुकुरी प्रहार गर्ने ४ जनालाई प्रहरिले पक्राउ गरेको छ ।
साउन २७ गते राति मुसिकोट १२ जमारुका २२ बर्षिय देबिलाला नेपालीलाई खुकुरी प्रहार गर्ने मुसिकोट ४ सोलाबाङका २५ बर्षीका लक्षमण खडका , २१ बर्षका कुमार बन सन्यासि , २४ बर्षिय भुषन खडका र १८ बर्षिय बिकास खडका पक्राउ परेका छन ।
कृष्ण जन्माअस्टमिको नाच हेर्न सोलाबाङबाट जमारु गएका उनिहरुले बिबाद हुदा नेपालीलाई खुकुरी प्रहार गरेको प्रहरीले जनाकारी दिएको छ ।
यस्तै किर्ते मुद्दामा पक्राउ परेका हुम्लाको खार्पुनाथ गाउँपालिका एक नम्बरका वडा अध्यक्ष एक लाख धरौटी राखेर रिहा भएका छन् ।
दुईदिन अघि नागरिकता केरमेट गरेको आधारमा पक्राउ परेका वडा नम्बर १ का वडा अध्यक्ष मकुसिंह वुढा धरौटीमा रिहा भएका हुन ।