अमर कार्की ।
सुर्खेत, ३ भदौ (रेडियो डाँडादरा) । कृषकहरुलाई आर्थिक आम्दानी बढाउनको लागि चौकुने सौर्य बिधुत उपभोक्ता सहकारी संस्था लिमिटेड गुटु सुर्खेतले दूध संकलन गर्न थालेको छ ।
सौर्य उर्जा उत्पादनबाट काम सुरु गरेको सहकारीले बचत तथा ऋणको कारोवारो समेत संचालन गर्ने गरेको छ । कृषकहरुको बैक खाता संचालन गरी उनिहरुलाई मासिक रुपमा बैकमा पैसा जम्मा गर्ने ब्यवस्थापन गरिएको सहकारी संस्थाका सचिब कमल जिसिले बताउनुभएको छ ।