हरितालिका तिजमा भिडभाड गर्न नपाइने

शंकर केसी ।
सल्यान, ३ भदौ (रेडियो कपुरकोट) । कोरोना भाइरस संक्रमणको जोखिम बढ्न थाले पछि सल्यानको कपुरकोट गाउँपालिकाले हरितालिका तीज पर्वमा जोखिमयुक्त देखिएका क्रियाकलाप गर्न प्रतिवन्ध लगाएको छ । गाउँपालिकाले आज एक विज्ञप्ती जारी गर्दै यस पटकको तिज पर्वमा रमझम नगर्न गाउँपालिकावासीहरुमा अनुरोध गरेको हो ।
तिजका अवसरमा आयोजना गरिने दर कार्यक्रम, मन्दिरमा गएर पुजापाठ गर्ने, पिङ खेल्ने, जमघट भएर नाचगान गर्ने जस्ता सबै गतिविधिमा प्रतिवन्ध लगाइएको गाउँपालिकाले जनाएको छ ।