सुर्खेतमा जारी निषेधाज्ञा ४ दिन थप, दैलेखमा ७ गतेसम्म बन्द

सुर्खेत, ५ भदौ (जागरण) । कोरोनाको संक्रमण बढ्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी निषेधाज्ञा ४ दिन थप गरिएको छ ।
जिल्ला कोरोना नियन्त्रण व्यवस्थापन समितिको बैठकले थप ४ दिन निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।
सरकारले अवस्था हेरेर लकडाउन गर्ने वा खोल्ने अधिकार सम्बन्धित जिल्ला र पालिकालाई दिएसँगै कर्णाली प्रदेशका ४ जिल्लामा निषेधाज्ञा गरिएको छ ।
यता, दैलेखमा चार दिनसम्म लागु हुनेगरी बिहीबारदेखि निषेधाज्ञा गरिएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले आज दिउँसो २ बजेदेखि भदौ ७ गते राती १२ गतेसम्म निषेधाज्ञा गरेको हो ।
खासगरी तीज पर्वमा हुने भीडभाडका कारण कोरोना भाइरसको संक्रमण फैलिन नदिन निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले कर्णाली रैबारलाई बताउनुभयो
निषेधाज्ञा अवधीभर औषधि पसल, अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन सम्बिन्ध सेवा, खानेपानी तथा विद्युत सञ्चालन, फोहोरमैला व्यवस्थापन बाहेकका सबै सेवाहरु बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दैलेखले जनाएको छ ।
कोरोनाको बढ्दो संक्रमण र हरितालिका तीज पर्वकोलाई मध्यनजर गर्दै कर्णाली प्रदेश राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा भदौ एक गते देखि जारी रहेको निषेधाज्ञा थप गरिएको छ ।
तिज पर्वमा भिडभाड हुँदा यसबाट कोरोना संक्रमणको जोखि अझै बढ्सक्ने भन्दै भदौ ९ गतेसम्म निषेधाज्ञा थप गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले बताउनुभयो
यस्तै, जुम्ला पनि साउन २२ गतेदेखि निषेधाज्ञा जारी छ । जुम्लाका सबै स्थानीय तहहरु निषेधाज्ञा गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले जानकारी दिनुभयो ।
यता, मुगु सदरमुकाम गमगढीमा पनि निषेधाज्ञा जारी रहेको प्रशाुनले जनाएको छ ।