कर्णालीमा थप ३३ जनामा कोरोना संक्रमण

सुर्खेत, ५ भदौ (जागरण) । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै प्रदेशमा संक्रमितकोे संख्या दुई हजार एक सय ६३ पुगेको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत र दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा ३३ जनामा संक्रमण पुष्टि भएको हो ।
आज सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका ७ जना, सुर्खेत, कालिकोट, रुकुम पश्चिम, जाजरकोट, अछाम, मोहतरी, र काठमाण्डौका एक÷एका जना, पर्सा र बाकेका तिन÷तिन जना, तथा बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै दैलेखमा गरिएको परीक्षणका क्रममा दैलेखको नारायण नगरपालिकाका मात्रै ११ कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत, नवराज कँडेलले बताउनुभयो ।
यसैविच, पछिल्ले २४ घण्टामा १३ डिस्चार्ज भएका छन । कर्णाली प्रदेशमा कोरोना भाइरसको संक्रमण जित्नेको संख्या सम्म एक हजार ९ सय ४५ पुगेको छ ।
आज कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा आइसुलेसन सेन्टरबाट १३ जना डिस्चार्ज भएका अधिकृत कंडेलले बताउनुभयो ।
अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय १२ रहेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा हालसम्म ४९ हजार ८ सय ३२ जनाको पिसिआर परिक्षण गरिएको छ ।