काँचो स्याउ बजारमा

मान बहादुर कुँवर ।
जुम्ला, ५ भदौ (रेडियो खुल्ला आकास) । जुम्लाको अर्गानिक स्याउ नपाक्दै टिप्न थालेका छन् । स्थानिय तहले गरेको निर्णय उल्लघन गर्दै कृषकले काँचो स्याउ विक्री गरेको पाइएको हो ।
भदौ दोस्रो सातापछि मात्र जुम्लाबाट स्याउ निर्यात गर्न पाईने निर्णय गरेपनि लुकिछिपी कृषक र व्यापारी मिलेर नपाक्दै स्याउ बजारमा पु¥याउने गरेका छन् ।
जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाका अनुसार कृषक र व्यापारीले पछि मुल्य कम पाउने र शुरुमै पठाउँदा मुल्य बढी पाउने आशाले धमाधम स्याउ निर्यात गरिरहेका छन् । दुई स्थानीय तहबाट करिब ६० देखि ७० टन सम्म नपाकेको स्याउ बजार सम्म पुगिसकेको बताउनुभएको छ ।