सुर्खेत, ७ भदौ (जागरण) । कर्णाली प्रदेशमा पछल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै प्रदेशमा संक्रमितकोे संख्या दुई हजार २ सय ४० पुगेको छ ।
प्रदेश अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, दैलेख अस्पताल दैले, चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परिक्षणमा १५ जनामा संक्रमण पुष्टि भएको हो ।
आज सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका २ जना, नवलपरासी पूर्वका र बाकेका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणका क्रममा जुम्लाका २ जना, र बर्दीयाका एक जनामा संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखाले जनाएको छ ।
यस्तै दैलेख अस्पताल दैलेखमा गरिएको परिक्षणमा दुइ जना र चौरजहारी नगरपालिकाको पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा रुकुमका ६ जनाममा कोरोना संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
यसैविच, पछिल्ले २४ घण्टामा कर्णालीमा २४ डिस्चार्ज भएका छन् । योसँगै कर्णाली प्रदेशमा अहिले सम्म कोरोना भाइरसको संक्रमण जित्नेको संख्या एक हजार ९ सय ६९ पुगेको छ ।
अब कर्णाली प्रदेशका विभिन्न आइसुलेसनमा कोरोनाका सक्रिय संक्रमितको संख्या २ सय ६५ रहेको मन्त्रालयले जनाएको छ ।