कर्णाली प्रदेशले पठाएका किटले काम नगरेपछि फिर्ता

रुकुम पश्चिम, ११ भदौ (रेडियो चौरजहारी) । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा रहेको पीसीआर परीक्षण प्रयोगशालाका लागि कर्णाली प्रदेशले पठाएका किटले काम नगरेपछि फिर्ता पठाइएको छ ।
कोरोना परीक्षणको लागि स्वाब सङ्कलनको मात्रा बढिरहेको बेला प्रदेशले पठाएको किटले काम नगरेपछि पीसीआर परीक्षणमा समस्या हुन थालेको छ ।
पाँच सय जनाको स्वाब परीक्षण गर्ने गरी कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयले पठाएका किटले काम नगरेको चौरजहारी प्रयोगशालाले जनाएको छ । किटले काम नगरेपछि किट प्रदेशमै फिर्ता गरिएको प्रयोगशालाका प्रमुख निरञ्जन सत्यालले बताउनुभयो ।
प्रदेशले पठाएका किटले पिसिआर परिक्षणको नतिजा दिन नसकेकोले समस्या बढेको चौरजहारी नगरपालिकाका स्वास्थ्य सह–संयोजक डण्डप्रसाद शर्माले बताउनुभएको छ ।