सल्यान खाद्यन्नमा आत्मनिर्भर

बुद्धी पुन ।
सल्यान, ११ भदौ (रेडियो राप्ती) । खाद्य सुरक्षामा सल्यान सुरक्षित रहेको कृषि विकास कार्यालय सल्यानले जनाएको छ । कार्यालयले सार्वजनिक गरेको तथ्यांक विश्लेषण गर्दा सल्यान चामल, गहुँ र मकैमा आत्मनिर्भर बन्दै गएको देखिएको हो ।
गत आर्थिक वर्ष २०७६÷०७७ मा सल्यानमा ९७ हजार ६ सय ६४ मेट्रिकटन खाद्यान्न उत्पादन भएको थियो ।
जिल्लामा अपुग ५४ हजार ७ सय ३८ मेट्रिकटन खाद्यान्न आवश्यक देखिएको कृषि विकास कार्यालय सल्यानका सूचना अधिकारी रेशमबहादुर बस्नेतले बताउनुभयो ।
सल्यानमा हाल ८ हजार ७ सय ४३ मेट्रिकटन खाद्यान्न बचत रहेको उहाँको भनाई छ । उहाँका अनुसार जिल्लाभित्र घरेलु मादक पदार्थ उत्पादनमा ४ हजार ८ सय ८३ मेट्रिकटन र पशु आहारमा २९ हजार २ सय ९९ मेट्रिकटन प्रयोग हुने गरेको छ ।
६३ हजार ४ सय ८१ मेट्रिकटन कुल खाद्यान्न आपूर्ति गरिएकोमा ५४ हजार ७ सय ३८ मेट्रिकटन खाद्यान्न खपत भएको छ, भने ८ हजार ७ सय ४३ मेट्रिकटन खाद्यान्न बचत रहेको छ ।