कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य प्रतिष्ठानमा विशेषज्ञ पढाई हुने

मान बहादुर कँवर ।
जुम्ला, ११ भदौ (रेडियो खुल्ला आकास) । कर्णाली स्वास्थ्य विज्ञान स्वास्थ्य प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्य शिक्षा क्षेत्रको स्नातकोत्तर कक्षा संचालनको अनुमति पाएको छ ।
प्रधानमन्त्री तथा चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपीशर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा एमडिजिपी जनरल प्राटिक्स, एमडि एनेष्थेसिया, एम डि पेड्रियाटिक्स विधामा पठन–पाठन गर्नको लागि स्विकृति दिएको हो ।
प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलका अनुसार आयोगको फुल हाउस वैठकले गरेको निर्णय प्रधानमन्त्रीले प्रमाणित गरेपछि एमडिएमएस ५ सिटको पक्का भएकोे छ ।